Home समाचार मकवानपुरमा उद्घोषण गर्नसक्ने व्यक्तिहरु ब्यापक बनाउनुपर्छः संविधान सभा सदस्य पौडेल

मकवानपुरमा उद्घोषण गर्नसक्ने व्यक्तिहरु ब्यापक बनाउनुपर्छः संविधान सभा सदस्य पौडेल

हेटौंडाः मकवानपुर जिल्लामा उद्घोषण गर्न सक्ने व्यक्तिहरु ब्यापक बनाउनुपर्ने संविधान सभा सदस्य अनन्त पौडेलले बताउनुभएको छ । जिल्लाको १० वटै स्थानीय तहमा मानिसहरुको अघि उभिएर उद्घोषण गर्न सक्ने र कार्यक्रम संचालन गर्न सक्ने ब्यक्तिहरु सबै स्थानीय तहमा ब्यापक हुनुपर्ने उहाँले बताउनुभयो ।

मकवानपुरको दशै स्थानीय तहमा उद्घोषण तालिम दिन स्थानीय तहलाई आग्रह गर्ने भन्दै स्थानीय तहमै कार्यक्रम संचालन गर्न सक्नेहरु तयार गर्नुपर्ने आजको आवश्यकता रहेको औल्याउनुभयो ।

उद्घोषण कलाले नै सिंगो कार्यक्रमलाई कस्तो बनाउने भर पर्छ । कार्यक्रमलाई सुनिरहौ.जस्तो बनाउने की छोडेर हिड्न मन लाग्ने बनाउने उद्घोषणले तय गर्ने संविधान सभा सदस्य पौडेलको भनाई थियो ।

आफुपनि सानै उमेरबाट उद्घोषण गर्दै गर्दा राजनीतिमा जोडिन पुगेको उहाँले बताउनुभयो । मानिसहरुको भिडमा उभिएर बोल्न सक्ने बनाउन जिल्लाको दुर्गम र सुगमका नागरिकहरुलाई उद्घोषण तालिम दिनुपर्ने उहाँले बताउनुभयो । बिहीबार हेटौंडामा हजुरको खबर एण्ड मिडिया म्यानेजमेन्टको आयोजनामा भएको ३ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको समापनमा बोल्दै पौडेलले तालिमले अघि बढ्न टर्च लाइट प्रदान गरेको र टर्च बालेर अघि बढ्ने काम आफ्नै भएको बताउनुभयो ।

तालिममा मकवापनुरको राक्सिराङ गाउँपालिका लगायत कैलाश, मकवापनुरगढी लागयतको दुर्गम क्षेत्रबाट समेत गरेर २३ जनाले सहभागिता जनाएका थिए ।

असोज ५ गतेदेखि ७ गतेसम्म भएको तालिममा माइक हातमा लिन नसक्नेहरुले माइक समात्ने तहमा पुगेको, अगाडि आएर बोल्न नसक्नेहरु निर्धक्क बोल्न सक्ने देखिएको भन्दै यसलाई निरन्तरता दिन पौडेलले आग्रहसमेत गर्नुभयो । संविधान सभा सदस्य पौडेलले तालिम लिएकाहरुलाई आफु धर्तिमा बाचेको छु भनेर हस्ताक्षर गरेर मात्रै जानुपर्ने बताउनुभयो । विश्वमा ७ अरब नागरिक भन्दा फरक विशिष्टकृत बन्नुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version