सांकेतिक तस्बिर ।

हेटौंडा : मकवानपुरमा बिहीबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३४ जनामा गरिएको पिसीआर परिक्षणमा २५ जनामा र ५१ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २० जना रहेका छन् । यस्तै, थाहानगरपालिकाका ५ जना, मनहरी गाउँपालिकाका १ जना र बकैया गाउँपालिकाका २ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ९ जना र होम आइसोलेसनमा १८२ जना रहेका छन् । यस्तै, बिहीबार होम आइसोलेसनमा बस्ने ३३ जना र संस्थागत आइसोलेसनमा बस्ने २ जना कारोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्लाभरी १९१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।