Home मुख्य समाचार १५ जनामा कोरोना संक्रमण पुष्टि

१५ जनामा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बधबार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ९८ जनामा गरिएको पीसीआर परिक्षणमा १४ जनामा र २ सय ९३ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका ११ जना, बकैया गाउँपालिका २ जना, थाहा नगरपालिकाका र मकवानपुगढी गाउँपालिकाका १–१ रहेका छन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार १ सय ५५ जना पुगेको छ । जिल्लामा हाल १ सय ७८ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये १ सय ७१ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।

जिल्लामा यहि अवधिमा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । होम आइसोलसनमा बस्ने ९ र संस्थागत आइसोलेसनमा बस्ने ५ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या १४ हजार ७ सय ६३ जना पुगेका छन् । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएन । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण १ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्लामा हालसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप १ लाख ४१ हजार १ सय १३ जनाले लगाएका छन् भने १ लाख ४ हजार ६ सय २५ जनाले मात्रा कोभिड–१९ विरुद्धको पुर्ण मात्राको खोप लगाएका छन् ।

Exit mobile version