Home मुख्य समाचार हेटौंडामा सुपथ मुल्य पसल संचालनमा आएन

हेटौंडामा सुपथ मुल्य पसल संचालनमा आएन

फाइल तस्बिर

हेटौंडाः सरकारले चाडपर्वको लक्षित गर्दै सञ्चालन गर्नेे सुपथ मुल्य पसल हेटौंडामा संचालनमा नआउने भएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौंडा शाखा कार्यालयले आफ्नो कार्यालयबाटै सुपथ मुल्यमा खाने नुन उपलब्ध गराउने भएको हो ।

सरकारले दशै, तिहार लक्षित गरेर सुपथ मुल्य पसल ३९ स्थानमा देशभर संचालन गरेपनि हेटौंडामा त्यस्तो पसल संचालनमा नआउने भएको हो । यसअघिका वर्षहरुमा हेटौंडा बजारमा सुपथ पसल संचालनमा आउने गरेको थियो । त्यहाँबाट नुन, चिनी, पिठो सुपथ मुल्यमा नागरिकलाई उपलब्ध हुँदै आएको थियो ।

यो पटक साल्ट्र ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले खाने आयोडिन नुन प्रति केजी १८ रुपैयाँमा नागरिकलई उपलब्ध गराउने भएको साल्ट्र टेड्रिङ हेटौंडाका प्रमुख मोहन बरालले जानकारी दिनुभयो । कार्यालयले असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म हेटौंडा–८ बाट सहुलियत मुल्यमा नुन बिक्रि गर्ने उहाँले बताउनुभयो ।

Exit mobile version