Home मुख्य समाचार निवर्तमान मुख्यमन्त्री पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयको स्थापना

निवर्तमान मुख्यमन्त्री पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयको स्थापना

हेटौंडाः बामगती प्रदेशको निर्वतमान मुख्यमन्त्री डोरमणी पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयको आज उद्घाटन गरिएको छ । बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री पौडेलले राजधानीको केन्द्रमा पर्ने र निजी निवास टाढा भएकोले हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो । सम्पर्क कार्यालयमा नियमित पत्रकार प्रकाश दाहाल रहने उहाँले बताउनुभयो ।

पौडेलले जनतासँगको सम्बन्ध सहज होस् भनेर कार्यालयको स्थापना भएको प्रतिक्रिया दिनुभएको छ । कार्यालयमा प्रदेशको राज्यमन्त्री जुनेली श्रेष्ठलगायत एमाले नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version