फाइल तस्बिर ।

हेटौंडा : मकवानपुरमा शुक्रबार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । १४१ जनामा गरिएको पिसीआर परिक्षणमा ३६ जना र १७ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुने मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ३० जना रहेका छन् । यस्तै, मनहरी गाउँपालिकाका २ जना, भिमफेदी गाउँपालिकाका २ जना , मकवानपुर गढी गाउँपालिकाका १ जना, बागमती गाउँपालिकाका १ जना र राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् । शुक्रबार होम आइसोलेसनमा बस्ने २७ जना र संस्थागत आइसोलेसनमा बस्ने ३ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।