हेटौंडाः नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थलसँगै धातुका विविध कार्यहरूमा सजिसजाउ गरेर विश्वकर्मा पुजा गरिएको छ ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरूको विशेष पूजा गरिन्छ । आफ्नो घर, कारखानामा भएको यातायातको साधानहरुको पुजा गरिएको छ ।

विश्वकर्मा पूजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ ।