हेटौंडा : मकवानपुरमा सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४ जनामा गरिएको पिसीआर परिक्षणमा ७ जना र २८ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा हेटौडा उपमहानगपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र थाहा नगरपालिकाका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी १ का ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १६४ जना पुगेको छ ।