हेटौंडाः भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता हुने भएको छ । भोली मंगलबार निजी र सामुदायिक विद्यालयका विद्यार्थीबिच प्रतियोगिता हुने हेटौंडा उपमहानगरपालिका शिक्षा अधिकृत रामचन्द खड्काले जानकारी दिनुभयो ।
६ देखी कक्षा ८ का विद्यार्थीले मेरो जीवनको लक्ष्य र कक्षा ९ र १० का विद्यार्थीले भने कोभिड नियन्त्रणमा बालबालिकाको भूमिका शिर्षकमा निबन्ध लेख्नुपर्ने बताउनुभयो । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले पुरस्कार सहित प्रमाणपत्र हासिल गर्ने खड्काले बताउनुभयो । आधारभूत र मावि तहका विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने बताउनुभयो ।