हेटौंडाः मकवानपुरकी एमाले नेतृ जुनेली श्रेष्ठ सामाजिक राज्यमन्त्री बन्नुभएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाउनुभएको हो ।
मकवापनुरबाट मुख्यमन्त्री शाक्यको सरकारमा अटाउने श्रेष्ठ एकमात्र राज्यमन्त्री रहनुभएको छ । ८ जना मन्त्री र ४ राज्यमन्त्री मध्ये मकवानपुरले एक राज्यमन्त्री पाएको हो ।