बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशको पूर्ण मन्त्रिपरिषद्को बैठक अबको केहीबेरमा बस्ने भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ४ राज्यमन्त्रीसहित १२ जनाको मन्त्रिपरिष्द विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाक्यको अध्यक्षतामा प्रदेशको ८ मन्त्रालयको फुल मन्त्रीसहितको क्याबिनेट बस्ने भएको हो । नवनियुक्त मन्त्रीहरुले आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषद्को बैठक बस्नेछ । मन्त्रीपरिषद् बैठक बस्ने तयारी गरिरहेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नीजि सचिव नवराज पूडासैनीले जानकारी दिनुभयो ।