हेटौंडाः मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशनको अन्तिम निर्णय आउने क्रम जारी रहेको छ । आइतबारबाट जिल्लाको १ सय २ वटै वडामा सुरु भएको वडा अधिवेशनअन्तर्गत् राक्सिराङ गाउँपालिकाका सबै वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको छ ।
राक्सिराङको ९ वटै वडामा सर्वसम्मतरुपमा सभापति चयन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाको १ नं. वडा सभापतिमा प्रताप चेपाङ, २ नं. वडा सभापतिमा सुभबहादुर घलान, ३ नं.मा प्रकाश ठकुरी, ४ नं. वडामा विकास ब्लोन, ५ नं.मा सुशील ब्लोन सभापति चयन हुनुभएको छ । यसैगरी, ६ नं. वडा सभापतिमा राजकुमार चेपाङ, ७ नं. मा रामबहादुर चेपाङ, ८ नं. वडामा नोकमान पाख्रिन र ९ नं. वडा सभापतिमा शिवकुमार मल्ल निर्विरोध चयन हुनुभएको छ ।
उता, मकवानपुरको कैलाश गाउँपालिकाको पनि सबै वडामा सर्वसम्म नेतृत्व चयन भएको छ । कैलाशको १० वटै वडामा निर्विरोधरुपमा वडा सभापतिसहित सम्पूर्ण कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
नेपाली कांग्रेस कैलाश गाउँपालिकाको १ नम्बर वडामा शिवराज मुक्तान, २ नम्बर वडामा डिकबहादुर घिसिङ, ३ नम्बर वडामा एलोन प्रजा, ४ नम्बर वडामा प्रविण चेपाङ, ५ नम्बर वडामा रामलाल लो सभापति चयन हुनुभएको छ । यसैगरी ६ नम्बर वडा सभापतिमा कृष्णबहादुर मोक्तान, ७ नम्बरमा शंकर मोक्तान, ८ नम्बर वडामा सुनिल मोक्तान, ९ नम्बर वडामा भुवन घलान र १० नम्बर वडा सभापतिमा सूर्यबहादुर गोले निर्विरोध चयन हुनुभएको छ ।