हेटौंडाः नेपाली कांग्रेसको जारी अधिवेशनबाट हेटौंडा–५ को वडा सभापतिमा दोस्रो कार्यकालका लागि यमबहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । हेटौंडा–५ स्थित बालकुमारी पार्टी प्यालेसमा भएको वडा अधिवेशनबाट उपसभापतिमा विजय पुडासैनी र भवानी शंकर चौलागाई चयन हुनुभएको छ ।
अधिवेशनबाट सचिवमा सागर सापकोटा र कमल राई, सहसचिवमा राधिका भट्टराई र शिवराम निरौलासहित २१ सदस्यीय वडा समिति चयन भएको छ । यस्तै १६ जना क्षेत्रीय प्रतिनिधिमध्ये आरक्षणतर्फ सर्वसम्मत निर्वाचित भएका छन् भने खुलातर्फ ६ जना क्षेत्रीय प्रतिनिधि चयन गर्न निर्वाचन भएको थियो । ११ जना आकांक्षी भएपछि निर्वाचन गर्नुपरेको हो । हेटौंडा–५ मा कांग्रेसका दुई सय १५ जना क्रियाशील सदस्यले अधिवेशनमा भाग लिएका छन् ।