नेपाली कांग्रेसको वडा भेलाबाट निर्वाचित वडा समितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट हेटौंडा–१० को सभापतिमा युवराज लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आइतबार बिहान हेटौंडा–१० स्थित दर्शन पार्टी प्यालेसमा भएको वडा अधिवेशनबाट उपसभापतिमा बासु न्यौपाने र कमला दोङ, सचिवमा सुदेशकुमार श्रेष्ठ र कुसुम राई, सहसचिवमा रामबाबु साह र देवलाल श्रेष्ठसहित २५ सदस्यीय वडा समिति चयन गरिएको हो ।

यस्तै अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा १९ जना सर्वसम्मत रुपमै चयन भएको छ । वडा अधिवेशनमा नेपाली कांग्रेसका एक सय ६४ जना क्रियाशील सदस्य सहभागी थिए ।