हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको सभापतिमा २३ बर्षीय बुद्ध ब्राम्ह सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार भएको वडा अधिवेशनबाट
वडा अधिवेशनबाट उपसभापतिमा कामी सिं मोक्तान, लेखत बहादुर मोक्तान, सचिवमा सोम बहादुर सिंजाली, सहसचिवमा लाल बहादुर गोले र देउमान जिम्बा चयन भएका हुन् । यसैगरी महिला सदस्यमा लालिमाया स्याङ्तानसहित २२ जनाको वटा समिति सर्वसम्मत चयन भएको छ । बकैया गाउँपालिका वडा नम्बर १ मा यो वर्ष ४६ जनाले क्रियाशित सदस्यता पाएका थिए ।