हेटौंडाः हेटौंडा–१८ स्थित श्रीकृष्ण प्रणामी युवा परिषद्को आयोजनामा आइतबार रक्तदान कार्यक्रम भएको छ । प्रणामी युवा परिषद्का अध्यक्ष मुरारी तिमल्सिनाको अध्यक्षतामा हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदन परिसरमा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रगतको अभाव भइरहेको भन्ने जानकारीपछि रक्तदान कार्यक्रमहरु भइरहेका छन् । शनिबार हेटौंडामा भूतपूर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । यस्तै भोलि सोमबार पनि हेटौंडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।