हेटौंडाः मकवानपुर जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सुरु भएको छ । आइतबार मकवानपुर जिल्लाका १० वटै पालिकाका वडाहरुमा अधिवेशन सुरु भएको छ । अधिवेशनबाट वडा समिति र वडा प्रतिनिधि चयनको कार्य हुनेछ ।
नेपाली कांग्रेस मकवानपुरले वडा तहको अधिवेशनका लागि शुक्रबार १०२ जना निर्वाचन अधिकृतलाई अनुशिक्षण गरेर वडा वडामा खटाएको थियो । नेपाली कांग्रेसको हेटौंडा उपमहानगरमा चार हजार ६० जना क्रियाशील सदस्य छन् भने मकवानपुर जिल्लाभर नौ हजार पाँच सय क्रियाशील सदस्य छन् ।