युवाहरुलाई राप्रपामा स्वागत गर्दै राप्रपाका अध्यक्ष कमला थापा

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष कमल थापाले युवापुस्ताहरु क्षणिक स्वार्थमा लाग्न नहुने बताउनुभएको छ । चुनावमा युवाहरु प्रलोभवनमा फस्दा देशमा भष्टाचार, लुट बढेको भन्दै त्यसको अन्त्यको लागि युवापुस्ता जुर्मुराउनुपर्ने अध्यक्ष थापाले बताउनुभयो ।

अध्यक्ष थापाले युवापुस्ताले समाजलाई भ्रष्ट्रिकरण तर्फ जान दिन नहुने बताउनुभयो । शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक युवासंगठन मकवानपुरको अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले युवाहरुको भूमिका समाजपरिवर्तनमा ठुलो हुने बताउनुभएको हो । अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका दर्जन बढी युवाहरुलाई पार्टीमा स्वागत गर्नुभएको छ ।