हेटौंडा : मकवानपुरमा आज शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०४ जनामा गरिएको पिसीआर परिक्षणमा २८ जना र २२ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जना गरी ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका २१ जना रहेका छन् । यस्तै, थाहा नगरपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । यस्तै आज होमआइसोलेसनमा बस्ने ३५ जना र संस्थागत आइसोलेसनमा बस्ने ३ जना गरी ३८ जना डिस्चार्ज भएका छन् । हाल जिल्ला भरी ३०९ जना संक्रिय संक्रमित रहेका छन् ।