हेटौंडाः मकवानपुरमा बुधबार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएकोे पीसीआर परिक्षणमा २३ जना र ७१ जनामा गरिएको एन्टिजेनमा परिक्षणमा ७ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २७ जना रहेका छन् । यस्तै, भिमफेदी गाउँपालिका, बकैया गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका १–१ जनामा कारोना पुष्टि भएको छ । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ८ सय ३० जना पुगेको छ । यस्तै बुधबार ५२ जनाले कोरानालाई जितेका छन् । होम आइसोलेसनमा बसेका ४६ जना र संस्थागत आइसोलेसन उपचारतमा ६ जना गरी ५२ जना कोेरोना संक्रमणमुक्त भएका हुन् ।
जिल्लामा हाल ३ सय ९ जना कोरोेना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा २७ जना र होम आइसोलेसनमा २ सय ८२ जना रहेका स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । जिल्ला हालसम्म कारोना संक्रमणका कारण १ सय ६१ जनाले ज्यान गुमाइसकेका छन् ।