फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब नमुना संकलन केन्द्रबाट बुधबार ५८ जनाको स्वाब नमुना संकलन गरिएको छ । स्वाब संकलन गराउनेमा महिला र पुरुष समान २९–२९ जना रहेको छ ।

संकलन गरिएको स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशाला पठाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले जानकारी दिनुभयो ।