तस्बिरः गुगल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकामा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । शनिबार पालिकाको २ वटा विद्यालय भानु मावि मक्रान्चुली र सारदा मावि आमभञ्जाङमा ७४ जना विद्यार्थीले खोप लगाएका हुन् ।

उनीहरुलाई कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ र १२ का १८ वर्ष पूरा भएको २ सय जना विद्यार्थीलाई खोप लगाइने लक्ष्यका साथ कार्यक्रम सुरु भएको हो ।

शनिबार भानु माविका १८ जना पुरुष र ३२ जना महिला गरी ५० जनाले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएका छन् । यस्तै शारदा माध्यमिक विद्यालयका ७ जना पुरुष र १७ जना महिला गरी २४ जनाले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएका छन् । आज आइतबार पनि खोप लगाइने कार्यक्रम रहेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो ।