नवनिवर्चित कार्यसमितीहरुको सामुहिक तस्बिर ।

हेटौंडाः श्री कृष्ण प्रणामी युवा परिषद् मकवानपुरको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जिल्ला कार्यसमितिको अध्यक्षमा शिव प्रसाद खतिवडा ‘राजु’ सर्वसम्मत रुपमा चयन भएका छन् ।

खतिवडाको नेतृत्वमा ३ बर्षीय कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । श्री कृष्ण प्रणामी युवा परिषद्को उपाध्यक्षमा श्याम मुडभरी, सचिवमा सुजन तिमल्सिना, कोषाध्यक्षमा दिपक तिवारी तथा सहसचिवमा प्रकाश वाग्ले चयन भएका छन् । यसैगरी परिषद्को सदस्यहरुमा श्याम ढुङ्गाना, दिपेन्द्र आचार्य, भृगु कार्की, सरिता आचार्य घिमिरे, नवीन तिवारी, सुशील खतिवडा, अजय सापकोटा, नवराज ढकाल, महेश बजगाई र गोबिन्द आचार्य चयन भएका छन् ।

परिषद्ले बार्षिक रुपमा हुने नियमित कार्यक्रमहरुका साथै अहिंसा तथा प्रणामी धर्मका बारेमा प्रचारप्रसार गर्ने तथा हाल फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि हेल्प डेस्क स्थापना गर्ने तथारी रहेको परिषद्का सदस्य भृगु कार्कीले जानकारी दिनुभयो । परिषद्का अध्यक्ष जयप्रकाश घिमिरेको सभाध्यक्षतामा भएको १३ औं जिल्ला अधिवेशनमा श्री कृष्ण प्रणामी युवा परिषद्का केन्द्रिय उपाध्यक्ष जगदिश शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्यद्वय बद्री प्रसाद चौलागाई, रामकृष्ण तिवारीको पनि उपस्थिति रहेको थियो ।