हेटौंडाः मकवानपुर प्रहरीले विगत ९ महिनादेखि फरार रहेका ३ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । वि.सं. २०७७ साल मंसिर ९ गते मकवानपुर जिल्ला अदालतबाट कुटपिटको मुद्धामा जरिवाना तोकिएका ३ जना फरार प्रतिवादीहरुलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा–९ का ३२ वर्षिय यदु कुमार विश्वकर्मा, हेटौंडा–१६ की ४० वर्षिया राधिका विश्वकर्मा र सोही स्थानका ४८ वर्षिय रामचन्द्र घिमिरे विश्वकर्मा रहेका छन् । यदु कुमारलाई हेटौंडा–९ बाट, हेटौंडा–२ मा युनिभर्सल सुन पसल संचालन गरि बस्ने रामचन्द्र र राधिकालाई हेटौंडा–१६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पक्राउ परेका ३ जनालाई नै मकवानपुर जिल्ला अदालतले कुटपिट मुद्धामा जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरेको थियो । उनीहरुलाई जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराउने कार्य भइरहेकको डिएसपी रिमालले बताउनुभयो ।