हेटौंडाः मकवानपुर प्रहरीले सुन चोरी गरेकोे आरोपमा एक जनालाई पक्राउ गरेको छ । १३ दिन अगाडी हेटौंडाको एक सुन पसलबाट सुन र पैसा चोरेर फरार भएका भन्दै सन्दिप जोशीलाई शुक्रबार प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हेटौंडा– २ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने ठाउँबाट गत साउन २३ गते दिउँसो सवा ४ बजेको समयमा सुन र पैसा चोरेर फरार रहेका हेटौंडा–१० निवासी २५ वर्षिय जोशीलाई शुक्रबार बिहान ९ बजे हेटौंडा–१२ पदमपोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
उहाँको अनुसार पक्राउ परेका जोशीले ६५ लाल सुन र ७६ हजार रुपैयाँ चोरेर फरार भएका थिए । घटनाना विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।