Home समाज मास्क नलगाई हिँड्ने ७८ जनालाई जरिवाना

मास्क नलगाई हिँड्ने ७८ जनालाई जरिवाना

फाइल तस्बिर ।

हेटौंडाः मकवानपुर प्रहरीले मास्क नलगाई हिड्ने ७८ जनालाई जरिवाना गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरीक्षक जयश्वर रिमालसहित खटिएको टोलीले मास्क नलगाई हिँड्ने ७८ जनालाई जनही १ सय रुपैयाँका दरले जरिवाना गरेको हो । प्रहरीले मंगलबार विभिन्न स्थानमा ५ सय ५५ थान निःशुल्क मास्कसमेत वितरण गरेको छ ।

Exit mobile version