Home खेलकुद युवा परिषद्को सप्ताहव्यापी कार्यक्रम सम्पन्न

युवा परिषद्को सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडाः प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा परिषद्ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको हो । यही अगष्ट १२ तारिख अर्थात् साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवसदेखि ७ दिनसम्म भएको विभिन्न कार्यक्रमहरुको बुधबार समापन कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका धावकहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष चौलागाईंले परिषद्को प्रस्तावित नीति तथा कार्यक्रम–२०७८ का विषयमा जानकारी गराउनुभएको थियो । उहाँले युवा संरक्षणसम्बन्धी नीति, युवा सशक्तिकरणसम्बन्धी नीति, युवा परिचालनसम्बन्धी नीति तथा यसका लागि आयोजना हुने कार्यक्रमहरुको विषयमा जानकारी प्रदान गर्नुभयो ।

Exit mobile version