Home स्थानीय भीमफेदीको इतिहासलाई जोगाउन पुरानो सहरको रुपमा विकास गरिनेः मुख्यमन्त्री पौडेल

भीमफेदीको इतिहासलाई जोगाउन पुरानो सहरको रुपमा विकास गरिनेः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साढे ३ तल्ले भवनको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी गाउँपालिकाको भवनको उद्घाटन गर्नुहुँदै भीमफेदी लाई वल्ड सिटीको रुपमा विकास गरिने बताउनुभयो । भीमफेदीको इतिहास, पुरात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताउनुभएको हो । उहाँले भीमफेदी गाउँपालिकामा सक्षम नेतृत्वलाई जिताएकै कारण विकास भएको बताउनुभयो । बागमती प्रदेश सरकारले भीमफेदी गाउँपालिकाको लागि साना ठुला गरी ५१ वटा योजनाहरु पारेको मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ८ गाउँपालिका मध्ये आफ्नै व्यवस्थित भवन निर्माण सम्पन्न गर्ने पहिलो गाउँपालिकाको रुपमा भीमफेदी रहेको भन्दै भवन अनुसारको सेवा प्रवाह चुस्त दिनुपर्ने बताउनुभयो ।

कुल ४२ कोठा भएको गाउँपालिकालको नवनिर्मित भवन १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको छ । जिसस मकवानपुरले ८ कट्ठा ८ रोपनि जग्गा उपलब्ध गराएर भवनको निर्माण काम सुरुवात २ वर्षअघि भएको थियो । लागत अनुमान ७ करोड १ लाख ४३ हजार तयार भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ४ करोड १२ लाख ८२ हजार ७० रुपैयाँ २ पैसामा २०७६ साल साउन १४ गते गाउँपालिकाले ठेकेदार कम्पनिसँग सम्झौता गरेको थियो । ठेक्का लिएको २ वर्षको अवधिमा सुविधासम्पन्न भवनको निर्माण भएको हो ।

भीमफेदीको प्रशासकिय भवनको लागि जग्गा मात्र उपलब्ध नगराएर जिल्ला समन्वय समितिले मौज्दात कोषबााट २ करोड रुपैयाँ समेत प्रदान गरेको थियो । यस्तै गाउँपालिकाको आन्तरिक स्रोतबाट, संघीय सरकारको समपुरक अनुदान केही प्राप्त भएर भवनको काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवरले बताउनुभयो । अब भवनको पर्खाल, भवन भित्रको केही निर्माण कार्य गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवले बताउनुभयो । भीमफेदी गाउँपालिका अध्यक्ष हिद्म लामालको सभाअध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमि सम्बन्धी समस्या आयोग मकावनपुरका अध्यक्ष रामेश्वर राना, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version