हेटौंडाः मकवानपुर जिल्लामा दश महिनाको अवधिमा ३६ जना शिक्षकको अवकास भएको छ । गत कार्तिकदेखि बुधबार (साउन २७ गते)सम्म ३६ जना शिक्षकले अवकास प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

माध्यमिक तहका शिक्षक ३ जना, निम्न माध्यमिक तहका शिक्षक एक जना र प्राथमिक तहका शिक्षक ३२ जना गरी ३६ जना शिक्षकले अवकास प्राप्त गर्नुभएको छ । वंशगोपाल मावि चौघडा, महेन्द्रकिरण मावि मनहरी र त्रिभुवन मावि नवलपुरका एक–एक जना माध्यमिक तहका शिक्षकले यस अवधिमा अवकाश पाउनुभएको हो ।

जनकल्याण मावि थाहानगरपालिकाका एक जना निम्न माध्यमिक तहका शिक्षकले अवकास प्राप्त गर्नुभएको ईकाइका सूचना अधिकारी पौडेलले बताउनुभयो । अवकास प्राप्त गर्ने प्राथमिक तहका शिक्षकहरुमा हेटौंडा उपमहानगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका एक जना, थहा नगरपालिकाका ६ जना, राक्सिराङ गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका एक जना र ईन्द्रसरोवर गाउँपालिकाका एक जनाले अवकास प्राप्त गर्नुभएको छ ।

अवकास प्राप्त शिक्षकहरुले उमेर हदका कारण अनिवार्य अवकास तथा आफूखुसी राजीनामा दिएर अवकास प्राप्त गर्नुभएको हो । शिक्षा नियमावलीको परिच्छेद–६ मा शिक्षकहरको अवकास, उपदान र निवृत्तीभरणसम्बन्धी व्यवस्थाअनुसार शिक्षकहरुले अवकास प्राप्त गरेको ईकाइका सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । शिक्षा नियमावलीमा ६० वर्ष उमेर पूरा भएकाले अनिवार्य अवकास पाउने व्यवस्था छ ।