फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा बिहीबार ६३ जनाको स्वाब नमूना संकलन भएको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट २९ जना महिला र ३४ पुरुषको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य प्रमुख भोला चौलागाईले बताउनुभयो ।

पछिल्लो ३ दिनयता स्वाब संकलन गराउन आउनेको संख्यामा कमी आएको चौलागाईले जानकारी दिनुभयो । यसअघि १ सय भन्दा बढीको दैनिक स्वाब संकलन हुँदै आएको थियो । उनीहरुको स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ । उनीहरुको शुक्रबार दिउँसो सम्म रिपोर्ट आउने चौलागाईले बताउनुभयो ।