Home मुख्य समाचार सिडियोको नेतृत्वमा बजार अनुगमन, व्यापारीहरु धमाधम पक्राउ पर्दै

सिडियोको नेतृत्वमा बजार अनुगमन, व्यापारीहरु धमाधम पक्राउ पर्दै

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे


हेटौंडाः हेटौंडा बजारमा मकवानपुरको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा बजार अनुगमन भएको छ । बुधबार प्रजिअ पाण्डेको नेतृत्वमा भएको बजार अनुगमनमा जिल्लामा जारी निषेधाज्ञाको अवज्ञा गर्दै पसल व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु धमाधम पक्राउ परेका थिए ।

बुधबार फर्निचर लगायतका अन्य व्यवसायीहरु पक्राउ परेका हुन् । यस्तै सोमबार र मंगलबार पनि व्यवसायीहरु पक्राउ परेका थिए । मकवानपुरमा साउन मसान्तसम्म निषेधाज्ञा जारी छ । पछिल्लो समय जिल्लामा सक्रिया संक्रमितको संख्यामा वृद्धि भएसँगै प्रशासनले बजार खुल्ने समय हेरफेर गरेको थियो । प्रशासनले जारी गरेको आदेशको पालना नगरी व्यवसाय संचालन गरेको व्यवसायीहरु अहिले धमाधम पक्राउ पर्न थालेका हुन् ।

Exit mobile version