हेटौंडाः मकवानपुरमा मंगलबार ४५ जनामा कोरोना पुष्टि भएको छ । ११४ जनामा गरिएको पिसिआर परिक्षणमा २९ जना र १२१ जनामा गरिएको एन्टिजेन परिक्षणमा १६ जना गरी आज मंगलबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरु मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरभित्रका २६ जना रहेका छन् । यस्तै, थाहानगरपालिकामा ५ जना, मकवानपुरगढी गाउँपालिकामा २ जना, बागमती गाउँपालिकामा ७ जना, मनहरी गाउँपालिकामा ४ जना र बकैया गाउँपालिकामा १ गरी ४५ जनामा कोरोना पुष्टि कोरोना संक्रमण पुष्टि भएको छ । यसै अवधिमा जिल्ला ९० जनाले कोरोना जितेका छन् भने १ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।