Home मुख्य समाचार सुमो दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुल्यो, घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख

सुमो दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुल्यो, घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख

इन्द्रसरोवार गाउँपालिका–२, सिमखोलामा भएको सुमो दुर्घटना ।

हेटौंडाः मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–२, सिमखोलामा सुमो दुर्घटना हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ । मृत्यु हुनेमा सुमोचालक पर्सा जिल्लाको सखुवा पर्सोनी गाउँपालिका–४ का ३४ बर्षीय प्रमोद साह रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो साढे १२ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज २१२४ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । सुमोमा चालकसहित ५ जना सवार रहेका थिए । सुमोमा सवार ४ जना घाइते भएका थिए । घाइते हुनेहरु सबैजना भारतीय नागरिकहरु हुन् । ४ जना मध्ये १ जनाको अवस्था गम्भिर भएको र ३ जना सामान्य घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि आइतबार मकवानपुर सहकारी अस्पताल ल्याइएका थिए । उपचारपछि अहिले उनीहरु सबैको स्वास्थ्यमा सुधार आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरु सबैको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Exit mobile version