कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा शनिबार विद्यालय स्तरीय गजल केन्द्रित साहित्यिक प्रशिक्षण भएको छ । झरना बकैया बालसाहित्यक परिचालन समितिको आयोजनामा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको हो ।

झरना बकैया बालसाहित्यिक परिचालन समितिका सल्लाहकार तथा उक्त कार्यक्रमका प्रशिक्षक चिरञ्जीवी लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा बुद्ध मावि हात्तिसुडेका प्रधानाध्यापक प्रेम भोम्जनको प्रमुख आतिथ्यता रहेको थियो । अतिथि भोम्जनले केही मर्मत स्पर्शी सन्देशमुलक गजल प्रस्तुत गर्नु हुदैँ सबैलाई सत्मार्गमा लाग्न आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको साहित्य क्षेत्रमा राम्रो दखल परेको र प्रतिभाहरुको प्रसय पाउन सकिने यो एउटा राम्रो प्ल्याटफर्म रहेको हुँदा सिक्ने सिकिदै जाने प्रकृयामा निरन्तरता दिईराख्नको लागी उहाँले आग्रह गर्नुभयो ।

त्यस्तैगरी कार्यक्रममा बोल्नु हुदैँ झरना साहित्यिक मकवानपुरका सल्लाहकार रमेश मोहन अधिकारीले साहित्यमा चाहाना राख्ने विद्यार्थी भाई बहिनीहरुले भाषिक कुराहरु र शुद्धतामा विशेष ध्यान दिनुपर्ने जानकारी गराउनु भएको छ ।

यस्तै, झरना कालीदेवी बाल साहित्य सदस्यको रुपमा रहेकी सलिना लामिछानेले गत साउन ११ गते आत्महत्या गरेकीले उनको आत्माको चिर शान्ति कामना गर्दै शोक व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा झरना बकैया बालसाहित्य परिचालन समितिका सल्लाहकार तथा कार्यक्रमका प्रशिक्षक लामिछानेले प्रतिभावान विद्यार्थीहरुको निमित्त प्रशिक्षण तालिम अर्थपुर्ण रहेको बताउनुभएको छ ।