फाइल तस्बिर ।


हेटौंडाः मकवानपुरमा शुक्रबार ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिउँसो २ बजे सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा ६४ जनामा कारोनाको पीसीआर पोजेटिभ देखिएको छ भने ६ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको छ ।

शुक्रबार जिल्लामा ६८ जना कोरोना मुक्त भएका छन् । शुक्रबार सबैभन्दा बढी हेटौंडा उपमहानगरका ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।