हेटौंडाः हेटौंडामा बिहीबार १ सय २ जनाको स्वाब नमूना संकलन भएको छ । कोरोना परीक्षण गर्न हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट उनीहरुको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिककाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।
४३ जना महिला र ५९ जना पुरुषको स्वाब नमूना संकलन गरेर पीसीआर परीक्षणको लागि हेटौंडा अस्पताल पठाइएको उहाँले बताउनुभयो । उनीहरुको कोरोनाको रिपोर्ट शुक्रबार आउने उहाँले बताउनुभयो ।