किसानलाई म्याट हस्तान्तरण गर्नुहुँदै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई ।

हेटौंडाः मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ का गाईपालक किसानलाई म्याट वितरण गरिएको छ । स्थानीय जनजागृति बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध किसानलाई म्याट वितरण गरिएको हो ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले ३० जना किसानलाई म्याट हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाको ५० प्रतिशत, सहकारी संस्थाको २५ प्रतिशत र किसानहरुको २५ प्रतिशत लागत सहभागितामा म्याट वितरण गरिएको जनजागृति बहुउद्देश्यीय सहकारीका व्यवस्थापक दिपेश दाहालले जानकारी दिनुभयो । ६ हजार रुपैयाँको ३० वटा म्याट ३० जना किसानलाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

गाईपालक किसानलाई सहज र सजिलो होस् भन्ने उद्देश्यले म्याट वितरण गरिएको र म्याट नपाउने किसानलाई अर्को पल्ट म्याट बाँडिने सहकारीका व्यवस्थापक दाहालले जानकारी दिनुभयो । सहकारी संस्थाको तर्फबाट ५ जना किसानहरुलाई गोठ सुधारका लागि प्रति किसान ५ हजार सहयोग गरिएको पनि व्यवस्थापक दाहालले बताउनुभयो ।