हेटौंडाः कोरोना भाइरस संक्रमणको कारण हेटौंडा अस्पतालमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यरत तारा तिमल्सिनाको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
उहाँको शुक्रबार साँझ ५ बजे मृत्यु भएको जनाइएको छ । कोभिडका बिरामीहरुको उपचारमा सहयोगका साथै बिरामीहरुलाई सेवा गर्नेक्रममा आफैं संक्रमित भएर अस्पतालको आईसीयू वार्डमा उपचाररत उहाँको विभिन्न प्रयास गर्दा पनि मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताउनुभयो । मृतक तिमल्सिनाको बुवाको पनि २ दिनअगाडि बुधबार बिहान मृत्यु भएको थियो ।