बिहीबार सुरुङमार्ग पुनर्निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल ।

हेटौंडाः बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले चुरियामाई सुरुङमार्गको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ । बिहीबार सुरुङमार्ग पुनर्निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मन्त्री फुयाँलले नेपालको सम्पदाहरुको विषयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई चुरियामाई सुरुङमार्गको विषय पनि पाठ्यक्रममा राखेर पढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका सम्पदा अध्ययन गर्ने व्यक्तिहरु, इन्जिनियरिङ पढाई हुँदा अथवा टनेलको पढाई हुँदा र जुनसुकै पढाईमा पनि एकचोटी अध्ययन गर्न आउनैपर्ने थलोको रुपमा पाठ्यक्रममा नै सामेल गरेर स्थलगत भ्रमणको कुरालाई जोड दिएर एउटा अध्ययनको विषय, अर्को राष्ट्रियताको प्रवद्र्धनको विषय, हिजोका पुस्ताले गरेका कामहरुको बारेमा नयाँ पुस्ताले जानकारी लिनुका साथै सीप, ज्ञान र क्षमताको पनि हस्तान्तरण हुनेखालको परियोजनाको रुपमा हामी अगाडि बढाउँछौं ।’

सुन्दर देश, सुन्दर र स्वस्थ जीवन बनाउने हो भने शौचालयबाट र सरसफाईबाट काम प्रारम्भ गर्नुपर्ने उहाँको भनाई रहेको छ । देशलाई नै सुन्दर बनाउने कार्यअन्तर्गत् राम्रो काम गर्न फोहोरमा हात नहालीकन सफाई र सुन्दरता सम्भव नभएको पनि उहाँले बताउनुभयो । यो विषयमा बागमती प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालय पनि प्रतिबद्ध भएर अगाडि बढ्ने मन्त्री फुयाँलले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्ः