हेटौंडाः हेटौंडा अस्पतालमा आइतबार २८ जना कोरोना संक्रमित उपचाररत छन् । हेटौंडा अस्पतालको कोभिड वार्डमा आइसियुमा ८ जना, एचडियुमा १५ जना र इमर्जेन्सीमा ५ जना गरी २८ जना संक्रमित उपचाररत रहेको हेटौंडा अस्पतालको कोभिड वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभयो ।

हालसम्म हेटौंडा अस्पतालमा १९ जना महिला १२ जना पुरुष गरी ३१ जना रिफर भएका छन् । १९२ जना महिला र २०० जना पुरुष गरी ३ सय ९२ जना डिस्चार्ज भएका छन् । यस्तै, ३८ जना महिला र ७० जना पुरुष गरी १ सय ८ जनाको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।