Home मुख्य समाचार कक्षा १२ को परीक्षमा मकवानपुरका ५३९१ जना परीक्षार्थी

कक्षा १२ को परीक्षमा मकवानपुरका ५३९१ जना परीक्षार्थी

हेटौंडाः कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन ५ गते सूचना जारी गर्दैै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी साउन ३१ गतेबाट सुरु हुने परीक्षामा मकवानपुर जिल्लाबाट ५ हजार ३ सय ९१ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

कोरोना जोखिम कायम नै रहेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ । विद्यार्थी आफू अध्ययरत कलेज तथा विद्यालयलबाटै यसवर्ष कक्षा १२ को परीक्षामा सहभागी हुने भएका छन् ।

जिल्लाको सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्यापसबाट यस वर्ष करिब १ हजार ३ सय विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने मकवानपुर बहुमुखी क्याम्पस मानविकी संकाय प्रमुख संगम चौलागाईंले जानकारी दिनुभएको छ । यसैगरी हेटौंडा क्यापसबाट नियमिततर्फ ३ सय १३ जना परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने हेटौंडा क्यापसका क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिनुभयो ।

Exit mobile version