सांकेतिक तस्विर ।

हेटौंडाः लागूऔषध गाँजाको भरिया बनेका दुई नाबालकलाई मकवानपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

शनिबार साँझ ६ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारबाट कैलाश गाउँपालिका–४ झ्याङ्नेका अन्दाजी १५ बर्षीय सन्तोष न्यौपाने र अन्दाजी १४ बर्षीय सागर मोक्तानलाई ९ केजी ४ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकास्थित अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका–९, नामटारमा पैदल हिँडिरहेको अवस्थामा सन्तोष र सागरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ केजी १ सय ग्रामको एक पोका र ४ केजी ३ सय ग्रामको एक पोका गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।