हेटौंडाः गत असार १० गते हेटौंडा उपमहानगरपालिकाको ९ औं नगरसभामा उपमेयर मीनाकुमारी लामाले लैंगिक समानता तथा समावेशीकरणमा विभिन्न नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभयो । तर, उपमेयर लामाकै संयोजकत्वमा गठन भएको हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा लैंगिक हिंसाकै उजुरी बढी आउने गरेको पाइएको छ ।
न्यायिक समितिमा चालु आर्थिक वर्षमा एक सय ६० वटा मुद्धा दर्ता भएको छ । फैसला प्रक्रियामा रही अघिल्लो वर्षबााट जिम्मेवारी सरेका १८ वटा गरी चालु आर्थिक वर्षमा कुल एक सय ७८ वटा मुद्धा हेटौैंडाको उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएको थियो । न्यायिक समितिमा आएका मुद्धामध्ये ७१ वटामा मिलापत्र भएकोे छ भने एउटा मुद्धालाई सम्बन्धित निकायमा जान सिफारिस गरिएको छ ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत् उपमहाानगरको न्यायिक समितिले पाक्षिक रेडियो कार्यक्रम, महिला जनप्रतिनिधिहरुसँगको रेडियो सम्वाद र सन्देशमूलक पकेट क्यालेन्डर छपाई तथा वितरण गरिएको छ । समितिकोे गतिविधि र न्यायिक विषयवस्तु समेटिएको न्यायिक दर्पण स्मारिका प्रकाशनकोे क्रममा रहेको प्रबन्धक भीमप्रसाद तिमल्सिनाले बताउननुभयो ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत् लैंगिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहारजस्ता सम्भावित जोखिमहरुको न्यूनीकरण गर्न किशोरकिशोरीलाई सचेतनामूलक तालिम दिने न्यायिक समितिको योजना छ । सहमतिमा हुने जोखिमविरुद्धका कार्यक्रम र महिला विकास सहकारीबाट जनचेतनामूलक कार्यक्रम हुने भएका छन् । बालविवाहविरुद्ध किशोरी बचत अभियान, महिला जागरण समूहमार्फत् कार्यक्रम सञ्चालनका साथै पीडित र प्रभावितका लागि अल्पकालीन आश्रय स्थल सञ्चालन तथा जोखिममा परेका बालबालिकाको उद्धारका लागि ५१ लाख बजेट विनियोजन गरिएको छ ।
महिलाहरुको आर्थिक सशक्तिकरणको लागि महिला जागरण समूहको क्षमता विकास तालिम र मोबाइल मर्मत तथा वर्कशपलगायतका तालिम प्र्रदान गरिने भएका छन् । दलित एवम् एकल महिलालक्षित कार्यक्रम, महिला उद्यमी साझाघरलगायत महिला सामुदायिक भवनहरु निर्माणका लागि ७४ लाख रुपैयाँ बजेट विनियोज भएको छ । लक्षित वर्गको क्षमता विकासको लागि आदिवासी/जनजाति, दलित, एचआईभी संक्रमित, अल्पससंंख्यक, अपाङ्गता भएका व्यक्तिहरु एवम् युवालाई प्र्रत्यक्ष लाभ पुग्नेगरी कार्यक्रम हुने बताइएको छ । यस्तैै सुरक्षित वैदेशिक रोजगार प्र्रवद्र्धन कार्यक्रम र लोेकसेवा आयोेग तयारी कक्षा सञ्चालनका साथै अनाथ, आपाङ्ग, असहाय सहायता, नेपाल पत्रकार महासंघ मकवानपुरले कार्यान्वयनमा ल्याएको जेष्ठ पत्रकार पेन्सन कार्यक्रममा सहयोेगलगायत विभिन्न संघसंस्था सहायता कार्यक्रमका लागि ९५ लाख बजेट विनियोजन भएको छ । सामाजिक विकास क्षेत्रकोे लैंगिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत् कार्यक्रम सञ्चालनका लागि ३ करोेड ७ लाख रुपैयाँ विनियोजन भएको छ ।
समाजमा महिलामाथि हुने दुव्र्यवहारका साथै बलात्कारका घटनाहरु न्यूनीकरणका लागि उपमहानगरपालिकाले विभिन्न प्रयास गरिरहेका प्रबन्धक तिमल्सिनाले बताउनुभयो । विभिन्न विषयलाई लिएर न्यायिक समितिमा उजुरी दिने क्रम बढेको भए पनि श्रीमान–श्रीमतीको विवादका विषयमा बढि उजुरी आएको उहाँले जानकारी दिनुभयो । यस्तै, जग्गाको सिमाना विवाद, दुव्र्यवहार र छिमेकीबीचकोे विवादका उजुरीहरु पनि धेरै आउने गरेको तिमल्सिनाले बताउनुभयो ।
मानिसकोे गलत सोेचाई तथा एकले अर्कालाई प्रतिवाद गर्दा यस्ता घटनाहरु बढेकोे तिमल्सिनाले बताउनुभयो । व्यक्ति तथा महिलाहरु शिक्षित हुँदै गएका कारण अन्याय सहन हुँदैन भन्ने चेतनाका कारण पनि उजुरी बढेको उहाँको भनाई छ । यस्ता घटनालाई न्यूनीकरण गर्दै उजुरीमा कमी ल्याउन सबैैको समन्वय तथा सहकार्य आवश्यक रहेको तिमल्सिनाले बताउनुभयो । उजुरी गरेरमात्र न्याय प्राप्त गर्न नसकिने हुँदा सकेसम्म समझदारी कायम गर्न उहाँले आग्रह गर्नुभयो ।