हेटौंडा अस्पातल ।

हेटौंडाः कोभिडको दोस्रो लहरमा हेटौंडा अस्पताललाई कोभिड अस्पताल बनाइएपछि अस्पतालको अन्य सेवा बन्द भएको थियो । अस्पतालले केही समयअघि देखि आशिंक रुपमा ओपिडी सेवा संचालन गर्दै आएको भएपनि बुधबार देखि पुर्ण सेवा दिने भएको छ ।

हेटौंडा अस्पतालले बुधबारदेखि जनरल आइसियू बाहेकको सबै सेवाहरु सुचारु गर्ने अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।