हेटौंडाः बागमती प्रदेश सभा स्थगित भएको छ । शनिबारदेखि स्थगित प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजेटको लागि बोलाइएको थियो । सोमबार बसेको प्रदेश सभाको बैठक अघि बढ्न नपाउँदै विपक्ष दलका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

प्रमुख पतिपक्ष दलको नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको आगामी बजेट प्रदेशबासी र जनताको हितमा नभएको भन्दै मुख्यमन्त्रीसँग छलफलमा निष्कर्शमा नपुगेसम्म बैठक अघि नबढाउन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गर्नुभएको छ । सभामुख श्रेष्ठले सदन चल्न सक्ने वातावरण नभएपछि अर्का सुचना नभएसम्मको लागि प्रदेश सभा स्थगित गर्नुभएको हो ।