रोनश उप्रेती, कक्षा ८, नवोदय शिशु सदन

म बुन्दै छु सपनाको संसार
रोकी राछु मानिसहरुको अहङ्कार
ती व्यक्तिहरु जसले जीवन बाँचेका छैनन्
उज्यालो पार्ने छु उनीहरुको संसार

आफ्नो देशका लागि केही गर्नुछ मलाई
ती द्वन्द्व पीडितहरुका लागि लड्नु छ मलाई
देशको नाम उच्च पारी अघि बढ्नु छ मलाई
देशको निम्ति केही गर्नु छ मलाई

बच्चाहरु जो अघि बढ्न पाएका छैनन्
बच्चाहरु यो समाजका मानिस होईनन् र रुबुन्दै छु
मलाई लड्नु छ ती असहायका निम्ति
छन् ती बच्चाहरु यो देशका लागि निम्ति

यो देशको भ्रष्टाचार हटाउनु छ मलाई
देशलाई स्वतन्त्र दिलाउनु छ मलाई
ती वीर पुर्खाको रगत खेर जान दिदिनँ म
ती वीर पुर्खाका निम्ति केही गर्ने छु म

यो देशलाई डुब्नबाट बचाउने छु म
देशको भविष्यका लागि ज्यानसमेत दिने छु म
ती गरिब र द्वन्द्व पीडितका पीडा मिटाउने छु म
सपनाको संसार बुन्दै छु म