हेटौंडाः बुधबार बेलुका देखि आएको निरन्तर वर्षाले सामरीको खोलाको सतह बढेको छ । सिमलटार र कालिवान जोड्ने फलामे पुलको भाचिएको छ । मकवानपुरको मकवानपुरगढी ५ नम्बर वडामा पर्ने सो पुल बिहीबार बेलुका एक साइडमा भासिएको थियो ।
स्थानीय स्वस्तीका न्यौपानेले अहिले दुवै गाउँमा जाने बाटो बन्द भएको जानकारी दिनुभयो । खोलामा बाढी आएको छ भने निरन्तर वर्षा भइरहेको छ ।











