हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गराउनेको संख्यामा कमी आएको छ । कोरोनाको दोस्रो लहरमा दैनिक ६० जनासम्म संक्रमितहरु हेटौंडा अस्पतालमा उपचार गराउँदै आएकोमा अहिले २५ जनाले मात्र उपचार गराइरहेका छन् ।

बिहीबार अस्पतालमा कोरोना संक्रमित ११ जना पुरुष र १४ जना महिला उपचाररत छन् । आईसियुमा ४ जना, एचडियुमा ११ जना र १० जना स्टेप डाउन वार्डमा उपचाररत रहेको अस्पतालका सुचना अधिकारी राझिव झाले जानकारी दिनुभयो ।