हेटौंडाः हेटौंडा अस्पतालमा दैनिक ११० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट आइपुगकोे छ ।

उद्योग संघ मकवानपुरको सहयोगमा १ करोड २८ लाख मुल्यको सो प्लान्ट अस्पतालमा आइपुगेको अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य हिरा वाइबाले जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक १५ अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने प्लान्ट संचालनमा रहेको छ ।