हेटौंडाः हेटौँडा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका–१ को ७० बर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका सुचना अधिकारी राजीब झाले जानकारी दिनुभयो ।
बुधबार बिहान उनको अस्पतालमा मृत्यु भएको हो । अहिले अस्पतालमा १८ जना पुरुष र ९ महिला गरी २७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालको स्टेप डाउन वार्डमा ९ जना आईसीयुमा ५ जना एचडीयुमा ८ जना, इमरजेन्सीमा ५ जना संक्रमितहरु उपचार गराइरहेका छन् ।